एनसेलको फोरजी/एलटिई सेवा अब पोखरा र दमौलीमा पनि

Advertisement

काठमाडौंः अब पोखरा र दमौलीमा रहेका एनसेलका ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउदै ‛डिजिटल नेपाल’को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र दमौलीमा सेवा विस्तार गरेको जनाएको छ ।

कम्पनीले शनिबारदेखि यी सहरहरुमा फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याउदै छ । आफ्नो वाचा अनुरुप तदारुकताका साथ फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधि अंगीकारमा समकालिन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभहरु प्रदान गर्न आफू प्रतिबद्घ रहेको एनसेलले जनाएको छ ।

पोखरा र दमौलीमा फोरजी सेवाको विस्तारसँगै फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल प्रयोग गर्ने एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रत गतिको ब्रोडब्याण्ड सेवाको मजा लिन सक्नेछन् । अझै फोरजी सिम नलिएका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम)सँग निःशुल्क साट्न सक्छन् र नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गरी उच्च गतिको मोबाइल ब्रोडव्याण्ड सेवाको पहुँचबाट फाइदा लिन सक्ने जनाइएको छ ।

पोखरा र दमौलीमा आफ्नो फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याएको अबसरमा आफ्नो फोरजी सिम राखी डेटा सेवा प्रयोग गर्ने ग्राहकलाई एनसेलले योण्डर म्युजिक एपमा ३० दिनसम्म निःशुल्क अनलाइन गीत सुन्न÷डाउनलोड गर्न सकिने सेवा प्रदान गर्ने जनाएको छ ।
ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथसाथै ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक दुई करोड भन्दा बढि नेपाली र अन्तराष्ट्रिय गीतहरु रहेको एक वृहत डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले अंग्रेजीमा ‛क्यु’टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम कुन प्रकारको हो भन्ने बारेमा जानकारी लिन सक्छन् ।

एनसेलले प्रविधि तटस्थताको अनुमति पाए पश्चात पहिलो चरण अन्र्तगत ग्राहकहरुले लामो समयदेखि प्रतिक्षा गरीरहेको फोरजी सेवा गत जेठ १८ देखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो । कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा १५ सहरहरुमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ र देशका विभिन्न सहरहरुमा पनि यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण गरीरहेको छ । फोरजी प्रविधिले अझ उच्च गतिको मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै नयाँ व्यवसायीक अवसरहरुको सिर्जना गर्दछ र ग्राहकलाई पनि सेवा प्रयोगकोे राम्रो अनुभव प्रदान गर्दछ ।

फोरजी सेवामा पहुँच विस्तार गर्नका निमित्त सन् २०१८ भित्रै देशको ४० सहरमा फोरजी सेवा पुर्याउने योजनाअनुसार काम गरिरहेको भन्दै एनसेलले फोरजी÷एलटिई प्रविधिअन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सकिने जनाएको छ ।

फोरजी/एलटिई सेवाको सुरुवात सँगैसँगै एनसेलले हालै आकर्षक साप्ताहिक कम्बो प्याक ‘वान प्लान’ ल्याएको छ । जसअन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा आकर्षक डेटा, भ्वाइस, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरि आकर्षक डेटा, टक टाइम र एसएमएसको फाइदा लिन सक्छन् । यसबाहेक कम्पनीले चाँडै नै आकर्षक अफरहरु तथा निःशुल्क रुपमा अनलिमिटेड भिडियोमा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने एनसेलले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement