भोजपुर नगरपालिकामा काँग्रेस विजयी

Advertisement

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी भएका छन् ।

गए राति अबेर सम्पन्न मतगणनाको परिणामअनुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भएकी छिन् । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी भएकी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कृतिकुमारी कार्कीले चार हजार सात सय एक मत ल्याएकि छिन ।

अरुण गाउँपालिकामा काँग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा काँग्रेसकी विनिता ढकाल विजयी भएका छन्। हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी भएका छन् ।

यस्तै ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी भएका छन् । आमचोक गाउँपालिकामा भने नेकपा(माओवादी केन्द्र)का अशोक राई र उपप्रमुखमा सीता राई विजयी भएका छन् । अन्य स्थानीय तहमा मतगणना जारी छ । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको थियोे ।

Advertisement

Advertisement

Advertisement