सिरहामा आँप उत्पादन घट्दा मूल्य बृद्धि

Advertisement

लहान । आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ ।  अघिल्लो वर्ष बढी आँप फलेको थियो तर   यो वर्ष कम फल्ने भएपनि रोगकिराले समेत असर पारेकाले यसवर्ष आँप उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यसवर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ४ प्रतिशतका दरले ४३ हजार ४२८ सय मेट्रिक टन आँप उत्पादन भएको सो कार्यालयका  बागबानी अधिकृत विन्देश्वर यादवले बताए   ।
गतवर्ष चार हजार ९५० हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ५ प्रतिशतका दरले ४२ हजार ७५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।
यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पु¥याएपछि   आँपखेतीको क्षेत्रफल बढेपनि उत्पादन घटेको बागबानी अधिकृत यादवले बताए । आँपको उत्पादन घटेसँगै सिरहामा आँपको मूल्य ह्वातै बढेको छ ।
यसवर्ष लहानसहितका बजारमा मालदह आँप प्रतिकिलो १०० रुपिया, बमई आँप प्रतिकिलो १२०, सरही आँप ६०, अन्य आँप प्रतिकिलो ५० रुपियामा बिक्री हुँदै आएको छ । जवकी गतवर्ष सिरहामा प्रतिकिलो मालदह ५० रुपिया, बमई  ४० र अन्य आँप  ३० रुपियाका दरले बिक्री भएको थियो ।
आँपको सुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्नसक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।
यहाँकोे आँप काठमाडौँ, विराटनगर, पोखरासहित मुलुकको विभिन्न सहरका साथै भारतलगायतका अन्य छिमेकीमूलुकमा निर्यात हुँदै आएको छन् ।

Advertisement

Advertisement

Advertisement