'धेरैतिर राजस्व बुझाउन सास्ती भयो, एकद्धार प्रणाली लागू गरियोस'

Advertisement

काठमाडौंः नेपाल चेम्बर अफ कमर्शले राजस्व सङ्कलन एकद्वार प्रणालीमार्फत गर्न अर्थमन्त्रीसँग माग गरेको छ । चेम्बरका प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर धेरैतिर राजश्व बुझाउँदा व्यवसायीलाई सास्ती भएको भन्दै एकै ठाउँबाट राजश्व बुझाउने व्यवस्था गर्न माग गरेको हो ।

चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक विकास तथा औद्योगिक व्यावसायिक क्षेत्रका समस्या समाधान गरी निजी क्षेत्रलाई काम गर्ने बाताबरण निर्माण गर्न आग्रह गर्दै खर्च हुन नसकेको पुँंजीगत बजेट व्यवसाय वृद्धिका लागि पुनःकर्जामा लगाउन आग्रह गरे ।

व्यवसायीले बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जामा उच्च ब्याजदर तथा लगानीयोग्य तरलता अभावबाट सिर्जित समस्या यथाशीघ्र निराकरण गर्न आग्रह गरेका थिए । निकासीमूलक उद्योगलाई पाँच वर्ष आयकर छुट, निकासीमा नगद अनुदान भन्सार बिन्दुबाटै दिइनुपर्ने, हालैको बजेट भाषणमा कुरियरलाई ७० केजी र युएस डलर पाँच हजारमा सीमित गरिएकाले यसबाट व्यवसाय सङ्कुचनमा पर्न सक्ने हुँदा यसको समसामयिक परिमार्जन गर्नुपर्ने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement