कतार सङ्कटबारे कायरोमा छलफल हुने, संकटको निकास खोजिने

Advertisement

कायरोः इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक आह्वान गरेको छ । इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका विदेशमन्त्रीहरुसँग छलफलको आयोजना गर्ने भएको हो ।

इजिप्टको राजधानी कायरोमा ती विदेशमन्त्रीहरुको बैठक बस्न लागेको समाचार प्राप्त भएको छ । इजिप्टले आगामी बुधबार सो बैठकको आह्वान गरेको छ । यस कार्यक्रमको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रीले जानकारी दिए ।

इजिप्टको विदेश मन्त्रालयद्वारा आइतबार साँझ प्रकाशन गरिएको विज्ञप्तिमा सो बैठकमा कतार सङ्टको वर्तमान अवस्था र यसको निकासका बारेमा छलफल हुने जनाइएको छ ।

आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि यी चार देशले कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपरेको भने पनि मुख्य कारण पश्चिमा शक्ति राष्ट्रहरुको दबाबमा कतारस्थित अलजजिरा टेलिभिजन बन्द गराउने भित्री उद्देश्य रहेको बताइँदै आएको छ । यद्यपि साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त पनि राखेका छन् ।

कतारमाथि उनीहरुले नाकाबन्दी लगाएको करिब महिना दिनपछि यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् । उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार ४८ घन्टे चेतावनी पनि दिएका छन् ।

यसअघिका शर्त आगामी ४८ घन्टाभित्र पूरा गर्ने भएमा मात्र कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने बताएका उनीहरुले ती शर्त कतारले पूरा नगरेमा के गर्ने भन्ने बारेमा सो बैठकमा रणनीति बनाउने बुझिएको छ । एएफपी

Advertisement

Advertisement

Advertisement