पोखरामा राष्ट्रपति रनिङ सिल्ड सुरु

Advertisement

काठमाडौँ: पश्चिमाञ्चल क्षेत्रीय नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद सोमबारबाट पोखरा रंगशालामा सुरु भएको छ ।
बुधबारसम्म चल्ने प्रतियोगितामा आठ खेलमा पश्चिमाञ्चलका १६ जिल्लाका करिब १ हजार ३ सय ७८ खेलाडीले भाग लिएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

पहिलो दिन एथलेटिक्समा नवलपरासीले दुई, गुल्मी र रूपन्देहीले एक/एक स्वर्ण पदक जितेका छन् । १५ सय मिटर दौडमा छात्रतर्फ नवलपरासीका विवेक रेग्मी, लमजुङका आदित्य मगर र कास्कीका विनोद गुरुङ तथा छात्रातर्फ गुल्मीकी धनमाया राना, लमजुङकी विमला बिक र गोरखाकी गंगा श्रेष्ठ क्रमश: पहिलो, दोस्रो र तेस्रो भए ।

१०० मिटर दौडमा छात्रर्फ रूपन्देहीका होमबहादुर पहारी, नवलपरासीका प्रकाश रानामगर र प्रदीप चौधरी तथा छात्रातर्फ नवलपरासीकी विपना परियार, कास्कीकी दर्शना बुढामगर र रूपन्देहीकी आश्मा चौधरी पहिलो तीन स्थानमा विजयी भए ।

 

Advertisement

Advertisement

Advertisement