बर्खाभरी रातिको समयमा मुग्लिन-नारायणगढ सडकमा गाडि चल्न नदेउः संसदीय समिति

Advertisement

काठमाडौंः संसदको विकास समितिले सडक विस्तार र निर्माण कार्य सम्पन्न नहुँदासम्म मुग्लिन नारायणगढ सडक खण्डमा बर्खाको समय डेढ महिना सवारी साधन सुरक्षाका लागि चल्न नदिन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले नियमित जसो पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा जनधनको क्षति हुने गरेकोले बर्षाको समयभरी यो मार्गमा राति सवारी आवागमन निशेष गर्न वा वैकिल्पिक मार्गको प्रयोग निर्देशन दिँदै रातिको समयमा निर्माण कार्य गर्न सल्लाह दिएको छ ।

साथै, सडक किनारका बस्तिमा पहिरोको जोखिम पनि बढेकाले जोखिमयुक्त वस्तिहरुलाई स्थानान्तरण गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ ।

यो सडकखण्ड सम्झौताअनुसार यसै वर्षको अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण भइसक्नुपर्नेमा हालसम्म औषतमा ५० प्रतिशत मात्रै कार्य सम्पन्न भएको भन्दै समितिले समयमा नै निर्माण सम्पन्न नहुनुमा जे जस्ता कारणहरु भएपनि २०१७ भित्रै सम्पन्न गर्नेगरी काम गर्न सम्वन्धित आयोजनालाई निर्देशन दिएको छ ।

मुग्लिन–नारायणगढ सडक स्तरोन्नत्तीको क्रममा बन्ने पुलहरुको टेन्डर लगायतको प्रक्रियाहरु सम्पन्न भएलगत्तै निर्माणकार्य थालिहाल्न, सडकविस्तार गर्ने कार्यका लागि आवश्यक पर्नसक्ने डाइभर्सनका लागि आवश्यक मात्रामा बेलिब्रिजहरुको समयमा नै व्यवस्थापन गर्न गराउन एवं मुग्लिन—नारायणगड सडकखण्डमा दायांँतर्फबाट पनि सडक विस्तारको कार्य गर्न गराउन विकास समितिको निर्देशन छ ।

आगामी दिनमा भौगोलिक अवस्थितिअनुसार राजमार्गहरुको डिजाइनिङमा गर्नुपर्ने सुधारहरुको सम्बन्धमा विस्तृत अध्ययन प्रारम्भ गर्न पनि सुझाव दिइएको छ ।

Advertisement

Advertisement

Advertisement