सीई कन्ष्ट्रक्शनलाई आइएसओ ९००१ : २०१५ प्रमाणपत्र

Advertisement

काठमाडौंः निर्माण कम्पनी सीई कन्सट्रक्शन प्रालिले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ : २०१५ पाएको छ । यसअघि सन् २०१४ मा कम्पनीले आइएसओ ९००१ : २००८ प्राप्त गरेको थियो ।

आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि आदिमा पहिलेको भन्दा उल्लेख्य सुधार गर्दै यो प्रमाणपत्र पाउन सफल भएको कम्पनीको भनाई छ । यस प्रमाणपत्रको अवधि सन् २०२० सम्म हुने जनाइएको छ । अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्रमाणित भएकाले कम्पनी माथि उपभोक्ताको विश्वास अझ एक तहमाथि पुगेको सीईको भनाई छ ।

Advertisement

Advertisement

Advertisement