नेपालमा आणविक उर्जा उत्पादनका लागि नीति बनाउने तयारी

Advertisement

काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)का महानिर्देशक युकिया अमानोले बुधबार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री महराले ऊर्जा र स्वास्थ्यका क्षेत्रमा आइएइएले नेपाललाई गर्दै आएको सहयोगको लागि धन्यवाद दिए । वीपी क्यान्सर अस्पतालका लागि आइएइएको प्रविधिक सहयोग उल्लेखनीय रहेको भन्दै उनले आणविक ऊर्जाका सम्बन्धमा नीतिगत व्यवस्था गरेर अगाडि बढ्न लागेको जानकारी दिए ।

महराले पछिल्लो समयमा आणविक ऊर्जा शान्ति र विकासमा प्रयोग भएकोप्रति खुशी व्यक्त गरे । महानिर्देशक युकियाले आइएइएले आणविक प्रतिरक्षाका लागि नयाँ अभिसन्धी अगाडि बढाएको जानकारी गराए । त्यसपछि सहयोग क्षेत्रको विस्तार हुने उनले बताए । युकियाले पछिल्लो समयमा आइएइएले शान्ति र विकासलाई विशेष जोड दिएर अगाडि बढेको बताएको मन्त्रीका प्रेस संयोजक हरि लामिछानेले बताए ।

Advertisement

Advertisement

Advertisement