कतारका राजदूतपछि महराले गल्फ मुलुकका राजदूतहरुसँग भेटे

Advertisement

काठमाडौंः परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग गल्फ (खाडी) मुलुकका तीन राजदूतले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा मन्त्री महरासँग भएको भेटवार्तामा साउदी अरबका राजदूत अब्दुलनसेर हुसेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नविल अब्देलफटाह हेल्मी र संयुक्त अरब इमिरेटकाका कार्यबाहक राजदूत हइटहम अल हमादीले भेट गरेका हुन ।

पराष्ट्रमन्त्री महराले गल्फ मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिँदै भने, “यहाँहरुको मुलुकमा काम गर्ने लाखौं नेपालीको सुरक्षा हाम्रो पहिलो चासो हो ।” सुरक्षितरुपमा नेपालीले काम गर्न पाउनुपर्ने उनको बताए ।

नेपाल शान्ति ‘लबिङ’ मुलुक भएको भन्दै महराले कतारमा देखिएको कुटनीतिक समस्यालाई शान्ति र वार्ताका माध्यमबाटै समाधान हुनुपर्ने बताए । उनले भने, “शान्तिपूर्ण तवरले हामीले हाम्रा समस्या समाधान गरौं, यहाँहरुको समस्या पनि वर्ताका माध्यमबाटै हल गर्नुहोस् ।”

नेपाल कुनै पनि किसिमका आतङ्कवादको पक्षमा नरहेको स्पष्ट पार्दै मन्त्री महराले गल्फ मुलुकमा देखिएका समस्याका कारण त्यहाँका कुनै पनि मित्र राष्ट्रसँग नेपालको सम्बन्धमा समस्या हुँदैन भने ।

तीनै मुलुकका राजदूतले संयुक्तरुपमा कतारसँग गरिएको सम्बन्ध विच्छेदका जानकारी गराएका थिए । इजिप्टका राजदूत बहेरले कतारसँग सम्बन्ध विच्छेद गर्नु परेको कारणबारे जानकारी गराउँदै भने, “मुस्लिम ब्रदरहुडलाई वित्तीय सहयोग गरेर आतङवादलाई संरक्षण गरेको छ । अलजजिरा नेटवर्क यहाँका जनताका विरुद्धमा छ ।”

साउदीका राजदूत अब्दुलनसेरलले साउदी, इजिप्त र युएइमा कार्यरत नेपाली पूर्णरुपमा सुरक्षित रहेको भन्दै सबै नेपालीको दैनिकीमा कुनै समस्या नआउने बताए ।

साथै, महराले आजै कोरियाली राजदूतले पार्क योङ सिकसँग भेट गरे । महराले दक्षिण कोरिया दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को परिवेक्षक राष्ट्र भएका कारणले दुई देशबीचको घनिष्टता अझै बलियो भएको र आर्थिक एवम् जनस्तरमा पनि महत्वपूर्ण सहयोग पुगेको बताए ।

राजदूत पार्कले कोरियामा गएर नेपालीले पैसा कमाउनुका साथै कोरियाको विकास निर्माणमा महत्वपूर्ण सहयोग पुर्याएको बताए । उनले प्रत्येक वर्ष ३० देखि ३५ हजार कोरियन नेपाल आउने गरेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा सहयोग आदान प्रदान गर्न सकिने बताए ।

Advertisement

Advertisement

Advertisement