प्रधानमन्त्री देउवा र गृहमन्त्री बाढी प्रभावित सप्तरीमा

Advertisement

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्माले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट सप्तरी पुगेका प्रम देउवाले बाढीपीडित परिवारलाई २५ हजारका दरले राहत दिने घोषणा गरे ।

अवलोकन सरकारी टोलीले तिरहुत गाउँपालिकाको लोहजारा बाँधको अवलोकन समेत गरेका थिए । महोली खोलाको बाढीले बाँध भत्काएको छ । उनले पीडितलाई खानाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।

बाढीपीडित परिवारलाई २५ हजारका दरले राहत दिने र १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था मिलाउने प्रधानमन्त्री देउवाले बताए।

Advertisement

Advertisement

Advertisement