भृकुटीमण्डपमा मह महोत्सव सुरु, भिरमौरीको मह सबैभन्दा महँगो

Advertisement

काठमाडौँ: महको उपयोगिताबारे जानकारी गराउने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि दोस्रो मह महोत्सव सुरु भएको छ ।

व्यावसायिक किट विकास निर्देशनालय र मौरीपालक कृषक समूहले संयुक्तरूपमा आयोजना गरेको महोत्सव असार २९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा २० प्रदर्शनी कक्ष छन् । महोत्सव अवधिमा झन्डै ५० लाख रुपियाँको मह बिक्रि हुने आयोजकले जनाएको छ ।

नेपालमा २०५२ सालदेखि व्यावसायिक मौरीपालन सुरु भएको इतिहास हालसम्म प्रयोगशाला स्थापना हुन सकेको छैन । एक तथ्याङ्कअनुसार नेपालमा वार्षिक लगभग एक हजार ६०० मेट्रिक टन मह उत्पादन हुन्छ । वार्षिक दुई अर्ब रुपियाँको मह निर्यात र १० हजार युवालाई पूर्ण रोजगारी दिन सकिने जनाइएको छ । तर नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट मह आयात गरिरहेको छ ।

महको उत्पादन वृद्धि गर्ने सरकारले मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र घोषण गरेको छ ।

विश्वमा ८० जातका माहुरी छन् । विश्वमा नौथरीका मौरीबाट व्यावसायिक मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ ।

सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकेजी दुई हजार ५०० रुपियाँ देखि तीन हजार रुपियाँमा र केरेनाको ७०० देखि एक हजार रुपियाँ र मेलिफेराको ४०० देखि रु ५०० रुपियाँ सम्म बिक्री हुँदै आएको छ ।

विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन् ।

Advertisement

Advertisement

Advertisement