देउवाले घुमाउरो भाषामा राष्ट्रपतिलाई महंगो गाडि किन्ने संकेत गरे

Advertisement

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिबाट १६ करोड रुपियाँ महंगो गाडी खरिदको प्रस्ताव नआएको दावी गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सोमबार सांसदहरुले महंगो गाडी खरिदको विषयलाई चर्को रुपमा उठाएपछि देउवाले राष्ट्रपतिको बचाउ गर्दै त्यस्तो प्रस्ताव नआएको बताएका हुन ।

देउवाले राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित होस् भन्ने चाहाना राख्नु स्वभाविक कुरा हो भन्दै भने राष्ट्रपतिलाई गाडिको आवश्यकता हुन्छ। राष्ट्रपति हाइएस्ट पोजिसनको पद हो। तर उनले घुमाउरो भाषामा राष्ट्रपतिका लागि महंगो गाडि किन्ने संकेत गरे । राष्ट्रपतिका लागि सुरक्षा व्यवस्था गर्नुपर्ने हुँदा महँगो गाडी किन्नुपर्ने हुनसक्ने देउवाको तर्क छ ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललगायतले राष्ट्रपतिका लागि महँगो गाडी किन्न लागेको विषय उठाएका थिए। महंगो गाडि खरिदका लागि चाहना राखेकोमा जनताले विशेषगरी सामाजिक सञ्जालहरुमा राष्ट्रपतिको कटु आलोचना गरिरहेका छन् । उनीहरुले महंगो गाडिको चाहना नराख्न बरु आफ्ना पति मदन भण्डारीका हत्याराको खोजीका लागि पहल गर्न सुझावसमेत दिएका छन् ।

Advertisement

Advertisement

Advertisement