एनआइसी एसियाले ‘समुन्नती बचत खाता’को ब्याजदर बढाएर ९ प्रतिशत पुर्यायो

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले ‘समुन्नती बचत खाता’को ब्याजदर बढाएर ९ प्रतिशत पुर्याएको छ । बैंकले गएको बैशाखमा ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी यो खाता सञ्चालनमा ल्याएको थियो ।

निःशुल्क खाता खोल्न सकिने यस खाता खोल्दा निःशुल्क डेविट कार्ड तथा क्रेडिट कार्ड, निःशुल्क इन्टरनेट तथा एसएमएस बैंकिङ, दैनिक पाँच लाख रुपियाँसम्म एबिबिएस सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement