एएफसी यू-२३ च्याम्पियनशीपको तयारी खेलमा नेपालले बंगलादेशलाई हरायो

Advertisement

काठमाडौंः तेइस बर्ष मुनिको एएफसी यू २३ च्याम्पियनशीप तयारीका लागि मंगलबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई १-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा कप्तान एवं स्ट्राइकर बिमल घर्तीमगरको गोलको सहयोगमा नेपालले बंगलादेशलाई एक शून्य गोल अन्तरले पराजित गरेको हो ।

खेल सुरू भएको २०औं मिनेटमा मिडफिल्डर अञ्जन विष्टको पासलार्इ सदुपयोग गरी विमलले गोल गर्न सफल भएका हुन । पहिलो हाफमा एक गोल गरे पनि दोस्रो हाफमा नेपालले कुनै गोल गर्न सकेन । कप्तान विमल चोट लागेर बाहिरिएपछि नेपालको खेल थप फितालो भएको थियो ।

Advertisement

Advertisement

Advertisement