अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो, अहिलेसम्म आधा मात्रै काम सम्पन्न

Advertisement

चितवनः पहिरोका कारण बुधबार दिउँसोदेखि अवरुद्व नारायणगढ–मुग्लिन सडक खण्ड बिहीबार बिहान साढे दशबजेदेखि सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ हिँडेका छन् ।

सडक विस्तारको क्रममा रहेको नारायणगढ–मुग्लिन सडक खण्डमा पछिल्ला दिनमा बर्षाका कारण नियमित जसो पहिलो जाँदा दुर्घघना बढेका छन् । यसैबीच उक्त सडक आयोजना निर्माणका लागि फेरि म्याद थप गरिएको छ । सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीलाई करिब साढे दुई महिना म्याद थप गरिएको हो ।

सडक विभागले २३ असारमा गरेको निर्णयअनुसार २०१८ फेब्रुअरी २० सम्मका लागि समय थपिएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिए । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिल २३ मा सक्नुपर्ने यो आयोजना भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य प्रभावित हुँदा ढिलो भएको हो ।

दोस्रो पटक थपिएअनुसार २०१७ को डिसेम्बर २१ मा सक्नुपर्ने यस आयोजनाको काम अझै आधै बाँकी रहेको जनाइएको छ । त्यसपछि पनि दुई पटक म्याद थपिएको थियो । निर्माण कम्पनीले तीन सय दिनभन्दा बढी माग गरेका थिए । पहिला थप गर्दा नै पर्याप्त समय नदिएको भन्दै पुनः समय थप्न उनीहरूले माग गरेका थिए ।

Advertisement

Advertisement

Advertisement