सुशीला कार्कीविरुद्धको महाभियोग मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा

Advertisement

काठमाडौंः सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग सम्वन्धी रिटको सुनुवाई संवैधानिक इजलासमा गर्ने निर्णय गरेको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कार्कीविरुद्धको महाभियोग मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो । साथै संसदमा दर्ता भएको महाभियोगसम्वन्धी प्रस्ताव फिर्ता भए नभएको जानकारी गराउन पनि आदेश दिइएको छ ।

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा कार्यपालिकाका क्षेत्राधिकार मिचेर आदेश दिएको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले कार्कीविरुद्ध संसदमा महाभियोग दर्ता गरेका थिए । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल एजलासले महाअभियोग अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

राणाको इजलाशको आदेशपछि केही दिन कार्की कार्यालय आएर हाजिर गर्दै फर्किएकी थिइन । उनीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता भइसकेको छ भने कार्कीले पनि उमेर हदका कारण अवकास पाइसकी छन् ।

Advertisement

Advertisement

Advertisement