नयाँ इ–कमर्स पोर्टल ‘स्मार्ट डोको’ सञ्चालनमा

Advertisement

काठमाडौंः एक नेपाली इ–कमर्स पोर्टल ‘स्मार्ट डोको’ सञ्चालनमा आएको छ । अनलाइन मेघा स्टोर ‘स्मार्ट डोको डटकम’ले आफ्नो सञ्चालनको शुभारम्भमा ग्राहकहरुलाई सहुलियत दिन निश्चित सामानहरुको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

साथै, सम्पूर्ण सामानहरुको खरिदमा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको स्मोर्ट डोकोका सञ्चालक सविनमान प्रधानले जानकारी दिए । छुट पाउनको लागि चेक आउट गर्ने क्रममा कुपन कोड स्र्माटडोको प्रयोग गर्नु पर्नेछ । यो योजना शुक्रबारदेखि आउँदो जुलाई २० सम्म रहने छ ।

स्मार्ट डोकोमा विभिन्न उमेर एवम् समुहका लागि विभिन्न सामानहरु रहेका छन् । नेपालमा रहेका विभिन्न अनलाईन सपिङ साइटहरुमध्ये यो पृथक् एवम् अद्वितीय रहेको प्रधानको भनाई छ । सप मोर, अर्न मोर थिमका साथ उत्कृष्ट सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने जनाइएको यस अनलाइन सपिङमा छिटो डेलिभरी र सामान फिर्ताको लागि पनि सहज व्यवस्था रहेको जनाइएको छ ।

स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) रहेको र त्यस अन्तर्गत अन्य उपसमूह पनि रहेका छन् । यसमा ग्राहकले सहजै रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत वस्तुहरु पाइने स्मार्ट डोकोले जनाएको छ ।

ग्राहकहरुको सन्तुष्टिका लागि स्मार्ट डोकोले पाँच सयदेखि २५ हजार रुपियाँसम्मको उपहार कार्डहरु पनि ल्याएको भन्दै प्रधानले स्मार्ट डोको एप्स एनड्रोइड तथा आइफोन दुवैका लागि उपलब्ध रहेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement