रसुवागढी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सम्पन्न

Advertisement

रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाका इन्जिनियर नागेन्द्र ज्ञवालीका अनुसार एक सय ११ मेगावाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ ।

भूकम्पपछि २०७३ मंसिर १५ गतेदेखि पुनः काम शुरु भएको सबै निर्माणको कामअन्तर्गत मजदुरले राति पनि आलोपालो गरी पहराको चट्टान फुटाउने काम गरेको तथा आवश्यक पेट्रोलियम पदार्थ र निर्माण सामग्री वर्षायाम अगावै आयोजना निर्माणस्थलमा पु¥याइसकिएको जानकारी दिए ।

अबको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत् उत्पादन भई आयोजनाबाट वार्षिक साढे तीन अर्ब रुपियाँ आय हुने अनुमान गरिएको प्रविधिज्ञले बताएका छन् ।

चार हजार २०० मि लामो सुरुङसहित सबै संरचना भूमिगत भएकाले भूक्षय, बाढीपहिरो र भूकम्पले कुनै असर नगर्ने बताइएको छ । आयोजना सम्पन्न गर्न लागत अनुमान १३ अर्ब ६४ करोड रुपियाँ रहे पनि तुलनात्मक रुपमा केही प्रतिशत बढ्न सक्ने आयोजनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement