अल्टिमेटम सरकारले गुजारेको भन्दै साउन ९ गतेदखि अनसन बस्ने डा. केसीको घोषणा

Advertisement

काठमाडौँ: त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी साउन ९ गतेदेखि आमरण अनसन बस्ने भएका छन् । आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारबाही गर्न दिएको समयसिमा सम्म सरकारले कुनै पहल नगरको भन्दै डा. केसीले अनसन बस्ने घोषणा गरेका हुन् ।

आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीले साउन ९ गते अपराह्न ४ बजे अनसन सुरु गर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ- "सुधारका ठोस मागहरु राखी हामीले बारम्बार सरकारको ध्यानाकर्षण गर्दै ती माग पूरा गर्न यही असार ३१ गतेको अल्टिमेटम दिएका थियौं । सो अवधिमा मागहरु पूरा नभएकाले यही साउन ९ गते अपरान्ह ४ बजेदेखि सत्याग्रह शुरु गर्ने जानकारी गराउँछु । साथै विगतमा झैं यसपल्ट पनि नागरिकहरुको हरेक तह र तप्काबाट सद्भाव, सहयोग र सहभागिता हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।"

उनले ८ बुँदे माग अघि सारेका छन् । जसमा माथेमा आयोगको प्रतिवेदन अनुसार आफूहरुले दिएको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने पहिलो माग छ ।

यस्तै आईओएम डीनको सिफारिस अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नु पर्ने, विगतको सहमति अनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्वन्धी अपधकार त्रिवि कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गर्नु पर्ने, सरकारी निर्देशन तथा अदालतको ओदश अटेर गर्ने मेडिकल कलेजको सम्वन्धन खारेज गर्नु पर्ने र एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख रुपियाँ कायम गर्नुपर्ने माग डा. केसीले उठाएका छन् ।

चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने तथा आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने डा. केसीको माग छ ।

Advertisement

Advertisement

Advertisement