अग्नि ग्रुपको इटहरीमा नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टर

Advertisement

काठमाडौंः महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विराटनगर लाइन, इटहरीमा सुभारम्भ गरेको छ । यस शाखाले आफ्ना डिलर एवं ग्राहकलाई नजिक ल्याइ सरल एवं सहज सुविधा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका टु ह्वीलर सवारी, सर्भिसिङ तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुनेछन् । इटहरीस्थित नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टरले इटहरी तथा आसपासका वासिन्दालाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउने अग्नी ग्रुपको भनाई छ ।

शाखाको सुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले सोमबार गरेका थिए । उनले ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ आफूहरुले ध्यान केन्द्र्रित रहेको बताए ।

अग्नि ग्रुप प्रालिअन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु बिक्री वितरण गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement