सेयर बजारमा उछाल, नेप्से ३४ अंकले बढ्यो, कारोबार रकममा पनि झण्डै दोब्बर वृद्धि

Advertisement

काठमाडौंः नयाँ आर्थिक बर्ष सुरु भएसँगै सेयर बजारमा उछाल देखिन थालेको छ । सोमबार साढे २१ अंकले बढेको सेयर बजार परिसुचक नेप्से ३४ दशमलव २६ अंकले बढेर एक हजार ६३८ दशमलव २६ अंक पुगेको छ ।

सबैभन्दा बढी बिमा समूहको उपसुचक चार दशमलव ९३ प्रतिशत (४१६ दशमलव ६३)ले बढेको छ भने त्यसपछि क्रमसः दुई दशमलव ७४ प्रतिशतले बढेको छ । जलविद्युत समूह दुई प्रतिशतले बढेको छ भने बाणिज्य बैंक समूह एक दशमलव ८९ प्रतिशतले बढेको छ । बाँकी समूहको उपसुचक एक प्रतिशतभन्दा कमले बढेको छ ।

कारोबार रकममा पनि झण्डै दोब्बर वृद्धि भई एक अर्ब २१ करोड रुपियाँको सेयर किनबेच भएको छ । आज १५५ वटा कम्पनीको कारोबार भएकोमा १९ वटा कम्पनीको सेयर मात्रै गिरावट भएको छ । धेरै नाफा गर्नेमा हिमालय डिष्टिलरी, एनबी इन्स्योरेन्सका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा ओम डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement