चुडामणि शर्माविरुद्धको मुद्दा अघि नबढाउन सर्वोच्चको आदेश

Advertisement

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचारको मुद्दालाई सर्वोच्च अदालतले यथास्थितिमा राख्‍न विशेष अदालतलाई आदेश दिएको छ ।

काठमाडौँ स् आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्ने क्रममा सर्वोच्च अदालतले विशेष अदालतलाई मुद्दा यथास्थितिमा राख्न आदेश दिएको छ।

गैरकानुनी थुनामा राखिएको भन्दै शर्माकै श्रीमती कल्पना उप्रेतीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईपछि सर्वोच्चले यस्तो आदेश दिएको हो । यद्यपि यससम्वन्धी मुद्दाको टुँगो अब सर्वोच्चको पूर्ण इजलासले गर्ने भएको छ ।

कर फर्छ्यौट आयोग अर्ध न्यायिक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै बुधबार न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले यसको थप सुनुवाई पूर्ण इजलासले गर्नुपर्ने आदेश गरेको हो ।

शर्मासहित आयोगका पदाधिकारीले कर फस्र्यौट आयोगमार्फत बदनियतपूर्ण र गैरकानुनी तरिकाले २१ अर्ब रुपियाँभन्दा बढि कर छुट दिएर अनियमितता गरेको लगायतका आरोप लगाउँदै छानविन गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Advertisement

Advertisement

Advertisement