कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २ दिन अघि सर्‍यो

Advertisement

काठमाडौं: नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको वैठक २ दिन अघि सारेको छ । यसअघि साउन ९ गते बस्ने भनिएको बैठक २ दिन अघि सारेर साउन ७ गतेलाई निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

काँग्रेसका केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार विज्ञप्ती जारी गरि वैठकको मिति हेरफेर भएको जनाएका छन् । विज्ञप्तीका अनुसार अव वैठक साउन ७ गते पार्टी मुख्यालय सानेपामा बस्नेछ ।

विज्ञप्तीमा वैठक प्राविधिक कारणवस सरेको उल्लेख गरिएपनि समसामयीक राजनीतिक बिषयमा छलफल गरेर छिटो निर्णयमा पुग्नुपर्ने भएकाले बैठक २ दिन अघि सरेको कांग्रेसका एक नेताले बताए। काँग्रेसले चुनावी समीक्षा तथा मन्त्रीपरिषद् विस्तारलगायतका विषयमा वैठकमा छलफल गर्नेछ ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले भन्दा पछाडिपरेपछि काँग्रेसमा सभापति शेरबहादुर देउवाको आलोचना भएको छ। मन्त्रीपरिषद् विस्तार ढिलाईपछि पनि प्रधानमन्त्री देउवा र उनको पार्टी र सत्तागठबन्धन माओवादीकै नेताहरुबाट पनि आलोचना भएको छ।

Advertisement

Advertisement

Advertisement