देउवालाई प्रहार गर्दै ओली भन्छन– यो सरकार कुरो पनि बुझ्दैन, बुझाउन पनि सक्दैन

Advertisement

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी ओलीले नवनिर्वाचित जनप्रतिनिधिले एमालेको कार्यकर्ता होइन जनताको प्रतिनिधि बनेर काम गर्न सल्लाह दिएका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) सातौं राष्ट्रिय महाधिबेशन प्रतिनिधि परिषद्को उद्घाटन कार्यक्रममा नवनिर्वाचित स्थानीय प्रतिनिधिलाई सम्मान गर्दै उनले जनतामाझ राम्रो काम गरेर देखाउन आग्रह गरे ।

जनप्रतिनिधिलाई एमालेले पत्याए अरुलाई पत्याएनन त के गरौं भन्दै ओलीले भने, “स्थानीय तहमा तपाईहरु एमालेको कार्यकर्ताको रुपमा त्यहाँ काम गर्ने होइन । जनताको साझा प्रतिनिधिकोरुपमा काम गर्नुपर्यो । समग्र विकासको काम गर्नुपर्यो ।”

एमालेलाई अरु पार्टीसँग नदाँज्न आग्रह गर्दै उनले भने, “अरु पार्टी र एमालेको बीचमा भिन्नता के छ भने अरु पाटीले पार्टीको मात्र काम गर भन्छन्, हामी पार्टीका लागि काम गर भन्दैनौं, देशका लागि काम गर, विकासका लागि काम गर, जनताका लागि काम गर भन्छौं ।”

ओलीले अहिलेको सरकारप्रति व्यङ्ग्य गर्दै यो सरकार र गठबन्धन त्यत्रो बिना सुन्ने, बुझ्ने र फुर्सद भएको सरकार पनि होइन र बुझ्दा पनि बुझ्दैन, बुझाउन पनि सक्दैन । ओलीको व्याङ्ग्य प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित थियो । उनले भने, ‘मलाई कसैले चाइनिज भाषामा भन्यो भने मैले के बुझ्छु ? अहिलेको सरकारमा विकास र परिवर्तनका कुरा मैले चाइनिज नबुझेजस्तै हो ।’

Advertisement

Advertisement

Advertisement