नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

Advertisement

काठमाडौँ: सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट अन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनायो ।

नेपालको सुरुवात खासै राम्रो हुन सकेन । २० रन जोड्दा पहिलो विकेटका रुपमा अनिल साहलाई व्यक्तिगत ७ गुमाएको नेपालले थप १२ रन जोड्दा प्रनिथ थापामगर ८ रन जोडेर आउट भए । आशिफ शेख पनि ७ रनमै आउट भए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ८३ बलमा दुई छक्का र दुई चौकाको मद्यतमा ५४ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ र प्रकास केसीले २३ रन बनाए ।

बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई÷दुई विकेट लिए । विश्वासरेले १० ओभरमा दुई मेडन राखि २९ रन दिए । आर्यमानले पाँच ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे ।

नेपालले डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा यसअघि सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो।

दोस्रो खेलमा खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो भने हिजो भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग एक सय ४१ रनले पराजित भयो।

Advertisement

Advertisement

Advertisement