सिटिजन्स बैंकले कमायो १ अर्ब २१ करोड मुनाफा

Advertisement

काठमाडौँ: सिटिजन्स बैंक लिमिटेड आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २१ करोड १ लाख रुपियाँ खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको नाफा गत वर्षको तुलनमा १२ दशमलव ०१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८ करोड ३ लाख रुपियाँ मुनाफा कमाएको थियो । यसवर्ष बैंकले ९० करोड १३ लाख ७५ हजार रुपियाँ राइट ब्याक गरेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले जगेडाकोषमा २ अर्ब ९२ करोड १६ लाख रुपियाँ राखेको छ । बैंकको निक्षेपमा ११ दशमलव २३ प्रतिशतले वृद्धि भई ५२ अर्ब ७१ करोड ८५ लाख रुपियाँ पुगेको छ भने बैंकको कर्जा लगानी ४८ अर्ब ७ करोड ७६ लाख रुपियाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानीमा ८ दशमलव ०९ प्रतिशतले वृद्धि भई १ अर्ब ७५ करोड ३ लाख रुपियाँ पुगेको छ । त्यस्तै बैंकले प्रोभिजमा ३१ करोड ३४ लाख रुपियाँ राखेको छ भने खराबकर्जा ९० करोड १३ लाख रुपियाँ उठाएको छ ।

बैंकको चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा ५७.२६ प्रतिसतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपियाँ पुगेको छ ।

 

 

Advertisement

Advertisement

Advertisement