यू- १९ बिश्वकप छनौट: नेपालले सिंगापुरलाई हरायो

Advertisement

काठमाडौँ: सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट अन्तर्गत आजको खेलमा नेपालले सिंगापुरमाथि जित हात परेको छ। १६९ रनको लक्ष्य पछ्याएको सिंगापुरमाथि नेपालले २२ रनको जित हात परेको हो ।

सिङ्गापुर एक समय जित नजिक देखिएको थियो । उसले ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । ४२ बलमा ३० रन मात्र चाहिएको थियो र ५ विकेट हातमा थियो ।

तर, एकाएक नेपाल खेलमा फर्कियो । नेपाली बलरहरुले मात्र ७ रन दिँदा ५ विकेट लिएर २२ रनको जित दिलाए । ४४ औं ओभरको पहिलो बलमा विकेट लिएर हंसुल दीपको विकेट लिएक नेपाली कप्तान सन्दिप लामिछानेले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि पभेलियनको बाटो देखाए ।

देखिएको थियो । ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । ४२ बलमा ३० रन मात्र चाहिएको थियो र ५ विकेट हातमा थियो ।

तर, एकाएक नेपाल खेलमा फर्कियो । नेपाली बलरहरुले मात्र ७ रन दिँदा ५ विकेट लिएर २२ रनको जित दिलाए ।

टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ८३ बलमा दुई छक्का र दुई चौकाको मद्यतमा ५४ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ र प्रकास केसीले २३ रन बनाए ।

नेपालले डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा यसअघि सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो।

Advertisement

Advertisement

Advertisement