आइकाओको कालोसुचीबाट हट्यो नेपाल, अब नेपालका हवाई सेवा एसियाबाहिर जान सहज

Advertisement

काठमाडौंः अन्तर्राष्ट्रिय उड्डयन नियमन संस्था (आइकाओ)ले चार बर्ष अघि नेपालमाथि लगाएको हवाई सुरक्षा चासोलाई बल्ल हटाएको छ। नेपालको लामो पहल र आग्रहपछि आइकाओको सम्वद्ध समितिको बिहीबार बसेको बैठकले नेपाललाई कालो सूचीबाट हटाउने निर्णय भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

आइकाओको दुई सदस्यीय अडिटर टोली गएको जुलाइमा नेपाल आएको र उक्त टोलीको अडिटपछि नेपाललाई कालोसूचीबाट हटाइएको हो । टोलीले नेपालको उडान सुरक्षा सुपरीवेक्षणको प्रभावकारीताका सम्बन्धमा दुई अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरु नेपाल वायुसेवा र हिमालय एअरलायन्समा समेत निरीक्षण गरेका थियो।

त्यसपश्चात नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिसको पालना दर आइकाओले निर्धारण गरेको औषत ६० प्रतिशत भन्दा बढी हुन गई ६६.०८ प्रतिशत रहेको
प्राधिकरणले जनाएको छ । यस निर्णयबाट नेपालको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम र निजी हवाई सेवा हिमालय एयरलाइन्सलाई एसियाबाहेक अमेरिका, युरोप र अष्ट्रेलियासम्मका गन्तब्यहरुमा उडान भर्न सहज भएको छ ।

aviation_safety

Advertisement

Advertisement

Advertisement