टाटा मार्कोपोलो अल्ट्रा बसहरु इटहरीमा चल्न सुरु

Advertisement

काठमाडौंः नेपालको लागि टाटा गाडीहरुको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्स लिमिटेडद्वारा उत्पादित एलसीभी सेगमेन्ट कै उत्कृष्ट र सुविधासम्पन्न १० थान मार्कोपोलो अल्ट्रा एलपीओ ७.५ टी ३४ एस बसहरु इटहरीमा सञ्चालनमा आएको छ ।

एक कार्यक्रम बीच सिप्रदीको इटहरी शाखाको हिमशिखर यातायात एण्ड ट्राभल टुर्स् प्रालिलाई साँचो हस्तान्तरण गरी उद्घाटन गरेको सिप्रदीले जनाएको छ । नेपालभर व्यवसायी तथा सर्वसाधरण यात्रुबाट रुचाइएको यो बस नेपालको पूर्वी भेगमा ठूलो संख्यामा सञ्चालित छ ।

शुक्रबारदेखि विराटनगरबाट काँकडभित्ता र धरानबाट काँकडभित्तासम्म संचालनमा आउने यस गाडीमा सीसी क्यामरा, डेस्टिनेशन बोर्ड, एलइडी टिभी, यूपीएस साथै अन्य सुविधाहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement