प्रभु बैंकको शाखा राजधानीको गुर्जुधारामा

Advertisement

काठमाडौंः प्रभु बैंकले गुर्जुधारामा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने साँसद राजेन्द्र केसीले एक समारोहबीच आइतबार शाखाको उद्घाटन गरे ।

उपत्यकाभित्र बैंकिङ पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरिएको बैंकले जनाएको छ । उक्त शाखामार्फत उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सर्वसाधारणहरुले बचत, कर्जासँगै अन्य बैंकिङ सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement

Advertisement