तातोपानी क्षेत्रमा फेरि बाढी र पहिरोको त्रास, लार्चाको पुल बगायो

Advertisement

सिन्धुपाल्चोकः भारी वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल बगाएको छ । गत बर्ष पनि भोटेकोशीको बाढी र पहिरोले क्षतिग्रस्त बनको तातोपानी क्षेत्र यस बर्ष पनि प्रभावित बनेको हो ।

अविरल बर्षाले दुगुनाको डाँडा भास्सिएको छ भने बाढी र पहिरोले लार्चाको पुल पनि भासिएको छ । केही दिनअघिको पहिरोले आंशिक क्षति पुगेको यो अब पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

दुगुनामा खसेको पहिलोले भोटेकोशीको बहावलाई रोकेर बाढीको संभावना समेत रहेको भन्दै प्रहरीले सतर्कता अपनाएको छ । पहिरो जाने क्रम नरोकिँदा कोदारी राजमार्गमा समेत क्षति पुगेको प्रहरीको भनाई छ ।

पछिल्ला बर्षमा ठूलठूला बाढी र पहिलो भोग्दै आएका तातोपानी क्षेत्रका जनता यो बर्ष पनि त्यो क्रम बढने चिन्तामा छन् । विशेषगरी नदि किनारमा बसोबास गर्दै आएकाहरुमा भोटेकोशीको संभावित बाढी र त्यसबाट हुनसक्ने क्षतिप्रति बढी चिन्चित छन् ।

Advertisement

Advertisement

Advertisement