लगातार अर्बभन्दा माथिको कारोबार हुँदासमेत नेप्से उक्सिन सकेन

Advertisement

काठमाडौंः सेयर बजारमा पछिल्ला दिनमा एक अर्ब रुपियाँभन्दा बढि रहेको कारोबार हुँदासमेत सेयर बजार परिसुचक नेप्सेमा भने सुधार आउन सकेको छैन । आर्थिक बर्षको दुई दिन नेप्सेमा उच्च तरको सुधार देखिए पनि त्यसपछि भने नेप्से शिथिल जस्तै छ ।

सोमबार स्टक एक्सचेन्जमा एक अर्ब पाँच करोड रुपियाँको कारोबार भयो । तर नेप्से भने झण्डै साढे छ अंकले गिरावट आएको छ । विशेषगरी बाणिज्य बैंक र होटल समूहका कम्पनीहरुको सेयरमा गिरावट हुँदा नेप्से ओरालो लागेको हो । वित्त, बिमा र उत्पादनमूलकबाहेक सबै समूहको उपसुचक आज ओरालो लागेको छ ।

बणिज्य बैंक र होटल समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले घटेको छ भने बिमा र उत्पादनमूलक समूहको उपसुचक भने एक प्रतिशतभन्दा बढिले बढेको छ । विश्लेषकहरुले आर्थिक बर्षको सुरुवातसँगै सेयर बजारमा एक्कासी वृद्धि भएपछि लगानीकर्ताहरु प्रोफिट बुकिङा लाग्दा नेप्सेमा गिरावट आएको बताउँछन् ।

Advertisement

Advertisement

Advertisement