प्रा. डा. गोविन्द केसीको फेरि आमरण अनसन सुरु

Advertisement

काठमाडौँ: त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबार ११ औं आमरण अनसन सुरु गरेका छन् । आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारबाही गर्न दिएको समयसिमा सम्म सरकारले कुनै पहल नगरको भन्दै डा. केसीले फेरि अनशन सुरु गरेका हुन् ।

आफ्नो अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई नरोक्ने केसीले जनाएका छन् ।

उनले ७ बुँदे माग अघि सारेका छन् । जसमा माथेमा आयोगको प्रतिवेदन अनुसार आफूहरुले दिएको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने , आईओएम डीनको सिफारिस अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नु पर्ने, विगतको सहमति अनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्वन्धी अपधकार त्रिवि कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गर्नु पर्ने रहेका छन् ।

सरकारी निर्देशन तथा अदालतको ओदश अटेर गर्ने मेडिकल कलेजको सम्वन्धन खारेज गर्नु पर्ने र एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख रुपियाँ कायम गर्नुपर्ने माग डा. केसीले उठाएका छन् ।

चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने तथा आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने डा. केसीको माग छ ।

डा. केसी गणेशमान सिंह भवनमा अनसन बसेका छन् । यसअघि उनि गत कात्तिक २८ गतेदेखि २२ दिन लामो अनशन बसेका थिए।

Advertisement

Advertisement

Advertisement