एक वर्षमा २९ वस्तुलाई एनएस चिह्न प्रदान

Advertisement

काठमाडौंः नेपाल गुणस्तर तथा नापतौल विभागले आर्थिक वर्ष २०७३÷०७४ मा २९ वस्तुलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको छ ।विभागबाट नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने प्रमुख कम्पनीमा नेपाल ग्यास, मनोज ग्यास, शालिमार स्टील, किसान पाइप उत्पादन प्रालि, इन्टरनेशनल सिमेन्ट, काठमाडौँ स्टील, ॐ गणपति इण्डट्रिज प्रालिलगायत छन् ।

विभागका प्रवक्ता रोमी मानन्धरले प्रक्रिया पुर्याएर ल्याइएका कम्पनीबाट उत्पादित वस्तुलाई सहजै एनएस चिह्न प्रदान गरिएको बताए ।एनएस चिह्न पाउनका लागि कुनै पनि कम्पनीले आफ्नो कम्पनीको आधिकारिक कागजातसहित विभागमा निवेदन दिएपछि र उत्पादित वस्तुलाई विभागमा ल्याएर गुणस्तर नाप्ने र फेरि निरीक्षण गरेपछि एनएस चिह्न प्रदान गर्ने गरिन्छ ।

नेपाली उत्पादनमध्ये हालसम्म २१० वस्तुले एनएस चिह्न प्राप्त गरिसकेका छन् । एनएस चिह्न लिए पनि समयमा नवीकरण नगरेका कारण केही वस्तुका एनएस चिह्न खारेज गरिएको विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement