यस पटकको इपीएस परिक्षामा १२ हजारभन्दा बढि उत्रिण

Advertisement

काठमाडौंः रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षामा १२ हजार १०८ जना परिक्षार्थी उत्तीर्ण भएका छन् ।

कुल ५९ हजार परिक्षार्थी मध्ये उक्त संख्यामा विद्यार्थीहरु उत्रिण भएको ईपीएस निर्देशक बाबुराम आचार्यले जानकारी दिए । जसमा कृषितर्फ सात हजार ५७८ र उत्पादनतर्फ चार हजार ५३० जना छन ।

यति ठूलो संख्यामा विद्यार्थीहरु पास भएको पहिलो पटक हो । यस बर्षबाट उनीहरुको सीप परीक्षण नभई कोरिया जान पाउनेछन् । हाल ४५ हजारभन्दा बढि नेपालीहरु कार्यरत रहेको कोरियामा १२ हजारभन्दा बढिले रोजगारीको अवसर
पाउन लागेका हुन ।

उनीहरुले आउँदो जनवरीबाट बढने १६ प्रतिशतभन्दा बढि पारिश्रमिक समेत पाउनेछन् । उत्तीर्ण भएकाहरु आउने फेब्रुअरीबाट पठाउन सुरु गरिने र चार बर्षसम्म काम गर्न पाउने आचार्यले बताए । कोरिया नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्यको रुपिमा रहँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement