माओवादीका महेन्द्रबहादुर शाहीले उर्जा मन्त्रालय सम्हाल्ने निश्चित

Advertisement

काठमाडौं: नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले ६ जना मन्त्री हुनेहरुको नाम पक्का गरेसंगै महिनौदेखि रिक्त रहँदै आएको उर्जा मन्त्रालयमा भने केन्द्रको तर्फबाट महेन्द्र बहादुर शाहीले उर्जा मन्त्रीको सपथ खाने पक्का भएको छ।

उनीसंगै अरु मन्त्रीपद खानेहरुमा गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला र सन्तकुमार चौधरी रहेका छन् । उर्जा मन्त्रलाय अहिले बहसको मन्त्रालय बनिरहँदा, त्यस रहने मन्त्रीलाई हाल अन्त्य जस्तो देखिएको लोडसेडिङ हुननदिन मुख्य चुनौती देखिन्छ ।

कालिकोटमा जन्मिएका शाही माओवादीका पूर्व लडाकू कमाण्डर हुन् । जनयुद्धमा राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका उनी प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । तर शाहीको लागि मन्त्रि पद नै पहिले अनुभव भएको हुँदा लोडसेडिङ अन्त्यको प्रयास गर्नु उनलाई हम्मे पर्न सक्छ । देश उर्जा मन्त्रि बिहिन रहंदा अहिले अघोषित लोडसेडिङ जनताले ब्येहोर्नु परेको छ ।

|

Advertisement

Advertisement

Advertisement