देउवाको १९ सदस्यीय मन्त्रीमंडल गठन: संचारमा मोहन बस्नेत, प्रचण्डलाई हराउने केसी खेलकुद मन्त्री

Advertisement

काठमाडौं: नेपाली कांग्रेसका तर्फबाट थपिएका १० जना मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वीरबहादुर बलायरले पाएका छन् भीमसेनदास प्रधान रक्षामन्त्री भएका छन् ।

मोहन बस्नेत सञ्चारमन्त्री हुने भएका छन् । उनी खुमबहादुर खड्का समूहबाट मन्त्री भएका हुन् । अम्बिका बस्नेतलाई सहकारी, मीन विश्वकर्मालाई वाणिज्य मन्त्री र महेन्द्र राय यादवलाई खानेपानी मन्त्री बनाइएको छ । यादव भन्दा पहिले उक्त पदमा अर्जुन जोशीको नाम रहेको थियो ।

रामकृष्ण यादव कृषि, यज्ञबहादुर थापा कानुन, सञ्जय गौतम सिचाई, र राजन केसी युवा तथा खेलकुद मन्त्री भएका छन् ।

 

Advertisement

Advertisement

Advertisement