मेगा बैंकको नयाँ शाखा खलङ्गामा, साना किसान लाभान्वित हुने

Advertisement

सल्यानः यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा मेगा बैंकले खलङ्गामा नयाँ शाखा खोलेको छ । बैंक सञ्चालक समितिका सदस्य सीएन पाण्डे र सक्षमका टोली उप–प्रमुख निर्मल दाहालले बुधबार शाखाको उद्घाटन गरे ।

यससहित मेगा बैंकको शाखा ४८ पुगेको छ । खलङ्गामा शाखा खोल्ने मेगा बैंक दोस्रो निजी वाणिज्य बैंक हो । खलङ्गामा सानो बजार रहेको छ, जसले यहाँ स्थापना भएका धेरै सरकारी तथा निजी कार्यालयहरूको आवश्यकताहरू परिपूर्ति गर्दै आएको छ ।

त्यसैगरी, यस क्षेत्रमा साना तथा मझौला आकारका उद्योगहरूको संख्या पनि वृद्धि हुँदै गइरहेको भन्दै मेगा बैंकले जसले गर्दा स्थानीयलाई सेवा प्रदान गर्नेगरी औपचारिक बैंकिङ सेवाको थालनी गर्न आवश्यक भइरहेको थियो भनेको छ । बैंकले यस क्षेत्रमा गत जेठ १६ मा आंशिक सेवाको प्रारम्भ गरेयता ४५० भन्दा बढी खाता खोल्न सफल भइसकेको जनाएको छ ।

सक्षम–मेगा बैंक साझेदारी सन् २०१५ मा शुरु भएको हो । यस साझेदारीका लक्ष्य चार वटा नयाँ शाखा र ३० वटा नयाँ शाखारहित बैंकिङ सेवा विन्दुहरूको स्थापना गर्ने, ‘ट्याब बैंकिङ’को अवधारणा ल्याएर अछाम, दार्चुला, डडेल्धुरा, दाङ, कैलाली तथा सल्यान गरी छ जिल्लामा रियल टाइम मोबाइल वित्तीय सेवाहरू प्रदान गर्ने रहेका छन् ।

Advertisement

Advertisement

Advertisement