नेपाल वायुसेवा निगमको थोत्रो विमान खरिद गर्न सात कम्पनीले देखाए इच्छा

Advertisement

काठमाडौंः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बोइङ ७५७–२०० विमान बिक्रीका लागि सात वटा कम्पनीले आवेदन दिएका छन् । काठमाडौंः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बोइङ ७५७–२०० विमान बिक्रीका लागि सात वटा कम्पनीले आवेदन दिएका छन् ।

बोइङ बिक्रीका लागि निगमले गरेको तेस्रो पटकको सूचनापछि नेपाली पाँच र बाँकी अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिएका हुन् । निगमको विमान लिलाम बिक्रीका लागि तेस्रो पटक गत साउन ५ गते एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

लामो समयसम्म कुनै आवेदन नपरेपछि निगमले यो पटक विमान कम्पनीबाहेक एजेण्ट कम्पनीले पनि आवेदन दिनसक्ने भनेर सूचना जारी गरेअनुरुप सात कम्पनीले आवेदन दिएको निगमले जनाएको छ । कम्पनीले निगमलाई सम्पर्क गर्ने म्याद बिहीबार सकिएको र आवेदन दिएका सात कम्पनीमध्ये एक कम्पनी छिट्टै छनोट हुने निगमका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए ।

“आवेदन दिएका कम्पनीमध्ये एक/दुई दिनभित्रै छनोट गरी लिलाम प्रक्रिया अघि बढाइनेछ”– उनले भने । निगमका अनुसार आवेदन दिने सातमध्ये दुई अन्तर्राष्ट्रिय कम्पनी छन् । आवेदन दिने अन्तर्राष्ट्रिय कम्पनी अमेरिकाको फ्लोरिडास्थित एभिएसन सिस्टम इकर्पोरेसन र इजरायलको एपिएस एअरपार्टस सर्भिसेज एण्ड सप्लाइज छन् ।

स्वदेशी कम्पनी तथा व्यक्तिमा हिमालय एभिएसन कन्सल्ट्यान्ट तिलगंगा, टिबीआइए ग्रुप नेपाल गैह्रीधारा, जनार्दनमान डंगोल सानेपा, बिबी एयरवेज नागपोखरी र अनु मानन्धर नयाँ बानेश्वर रहेका छन् । यो जहाज दुई वर्षदेखि ग्राउण्डेड छ । सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको यो विमान अहिलेसम्म ८६ हजार ४१० घण्टा उडेको छ ।

निगमको अर्को बोइङ कलसाइन ९ एनएसिबी मर्मतका लागि दुई साताअघि सिंगापुर लगिएको थियो । अब, निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई एयरबस ए ३२० छन् । निगमले आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement