नियमित मर्मतसम्भार भन्दै काठमाडौँमा विद्युत् कटौती

Advertisement

काठमाडौँ: नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो । सो केन्द्रका नायब प्रबन्धक दीपक धितालका अनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ ।

प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ । आजदेखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटाँैा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत् कटौती गर्न लागिएको छ । रासस

Advertisement

Advertisement

Advertisement