‘ओबामाकेयर कार्यक्रम’ खारेज गर्ने ट्रम्पको योजना संसदद्वारा अस्वीकृत

John McCain

Republican Senator John McCain

अमेरिका: अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सञ्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार अस्वीकृत गरेको छ ।

यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दलको प्रतिपक्षी डेमोक्रेटिक पार्टी तथा ट्रम्पका पूर्ववर्ती ओबामाविरुद्धको कार्यक्रममा सत्ताधारी दललाई नराम्रो धक्का मिलेको छ ।

nic-asia-ad

शुक्रबार अबेर असाधारण तनावबीच भएको मतदानमा रिपब्लिकन पार्टीका सिनेटर (सांसद) जोन म्याककेनले नै आफ्नै दलको प्रस्ताव विरुद्ध मतदान गरेको र उनको मत नै निर्णायक बनेको हो । परीक्षणबाट हालै मस्तिष्क क्यान्सर भएको पत्ता लागेका म्याककेनले रिपब्लिकनको अडान विरुद्ध मतदान गरेका थिए ।

“यो निराशाजनक नतिजा हो, वास्तवमै निराशाजनक परिवेश,” सिनेटमा बहुमत भएको रिपब्लिकनको दल मिच म्याककोनेलले आफ्ना निकटस्थसँग मतदान नतिजापछि प्रतिक्रिया दिए ।