माछापुच्छ्रे, एभरेस्ट र लुम्बिनी इन्स्योरेन्सका हकप्रद भर्न कतै तपाई छुट्नु त भएन?

Advertisement

काठमाडौँ: राष्ट्र बैंकले दिएको आठ अर्वको चुक्ता पूँजी लक्ष्य प्राप्तिका लागि दुई बैंक र एक इन्स्योरेन्स कम्पनीले आफ्ना सेयर धनीहरुलाई हकप्रद सेयर निष्काशन गरिरहेका छन् ।

राष्ट्र बैंकको सोहि बाध्यकारी नीतिलाई पुरा गर्न अहिले दुई दुई वाणिज्य बैंक र एक बिमा कम्पनिको हकप्रद निष्काशन भएको हो ।

जसमध्ये, माछापुच्छे बैंकले आफ्ना सेयरधनीहरुका लागि १२ प्रतिशतसम्मको हकप्रद निष्काशन गरेको छ । बैंकले एक सय रुपियाँ अंकित मूल्यमा ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद हालसम्म बिक्री भएको जनाएको छ ।

बैंकको हकप्रदमा जेठ १६ गतेसम्म कायम शेयरधनीले साउन ५ गतेदेखि भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, एभरेस्ट बैंकले पनि ३३ दशमलव ३३ प्रतिशत (तीन बराबरका एकको अनुपात) हकप्रद शेयर निष्काशन गरिरहेको छ ।
बैंकले एक सय रुपियाँ अंकित मूल्यमा एक करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर विक्री गर्दैछ । बैंकको उक्त शेयरमा असार ६ गतेसम्म कायम शेयरधनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एक बराबर एक अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर असार ३० गतेबाट निष्काशन खुल्ला भएको छ । उक्त हकप्रद असार १२ गतेसम्म कायम सेयरधनीले भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।

 

Advertisement

Advertisement

Advertisement