सिंचाई मन्त्रीले छिट्टै नयाँ सिँचाई गुरुयोजना ल्याउने

Advertisement

काठमाडौंः सिँचाईमन्त्री सञ्जय गौतमले नेपाल कृषिप्रधान देश भएकोले सिँचाई व्यवस्थालाई सुदृढ गर्ने बताएका छन् । रिपोर्टर्स क्लवमा शनिबार उनले सिँचाईसम्बन्धी योजना धेरै वर्ष पूरानो भएकोले आफ्नो पहिलो योजना नै यससम्बन्धी नयाँ मास्टर प्लान (गुरुयोजना) ल्याउनु रहेको बताए ।

मन्त्री गौतमले भने, ‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयन गर्नु मेरो पहिलो प्राथमिकता हो ।’ उनले बबही, भेरी, सिक्टा र रानीजमारा सिँचाई आयोजनाहरुलाई छिटो सम्पन्न गर्नको लागि आफू गम्भीर रहेको बताए ।

गौतमले भने, ‘म त बर्दियाको मान्छे, भावनात्मक रुपमा पनि म यस्ता सिँचाई आयोजनाहरुसँग जोडिएको छु, अब साना तथा मझौला आयोजनाहरुलाई समेत अघि बढाउनेछु ।’ कृषिलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

गौतमले थपे, ‘खासगरि कृषि, स्थानीय तथा वातावरण मन्त्रालयबीच एकीकृत रुपमा यसबारेमा छलफल गरेर अघि बढ्नुपर्छ ।’ त्यस्तै नदी नियन्त्रण, बाढिपहिरो लगायतका प्राकृतिक विपद्को व्यवस्थापन गर्ने र जनतालाई राहत दिनेगरि आफू अघि बढ्ने उनले बताए । मन्त्री गौतमले कृषियोग्य जमिनमा सिँचाई पुर्याउने आफ्नो लक्ष्य रहेको बताए ।

Advertisement

Advertisement

Advertisement