चाडपर्व सुरु हुने बेलामा चिनियाँ भन्सारमा नेपाली मालबस्तु १४ दिनदेखि रोकिए

Advertisement

काठमाडौं: चिनियाँ नाका केरुङ हुँदै नेपालको रसुवागढीबाट नेपाल भित्रने माल सामानमा चिनियाँ भन्सार एजेन्टहरुले क्लियरेन्स शुल्क बढाएपछि त्यहाँबाट हुने आयात पूर्ण रुपमा अवरुद्ध भएको छ । चिनियाँ भन्सार एजेन्टहरुले नेपाल जाने मालबस्तुमा तीन गुणाबढी भन्सारपास शुल्क बढाएका हुन् ।

गत दुई सातादेखि स्याउ र हाइड्रोका केही समानबाहेक अन्य समान नेपालतर्फ आयात हुन सकेको छैन, रसुवागढी भन्सार प्रमुख केदार पनेरुले बताए ।

चिनियाँ भन्सार एजेन्टले प्रति कन्टेनर १५ सय रुपियाँ रहेको क्लियरेन्स चार्ज ५ हजार आरएमबी (चिनियाँ मुद्रा) पुर्‍याएपछि नेपाली ब्यवसायीले सामान छुटाउन नसकेर अहिले भन्सार गोदाममा झण्डै १२ सय गाडी समान छुट्न नसकेर थन्किएका छन् ।
यसअनुसार यसअघि समान लोड गरेर भन्सार क्लियरेन्स गरिदिए बापत २४ हजार खर्चिरहेका ब्यवसायीले अब ८० हजार रुपियाँ खर्चिनुपर्ने भएको छ ।

अहिले केरुङतर्फको नेपाली ब्यापारीहरुले कुहिने भएको स्याउ भने महंगो क्लियरेन्स चार्ज तिररै भएपनि ल्याइरहेका छन् ।

अहिले पनेरुको पहलमा बसेको चिनियाँ भन्सार, एजेन्टका प्रतिनिधि, नेपाली भन्सार र चीनको जिलोङ प्रशासन र नेपाली ब्यवसायीको बैठकमा अधिक मात्रामा बढाइएको क्लियरेन्स चार्ज घटाउनेबारे छलफल भएको छ । चीनले सोमबारबाट जसरी पनि आयात सुचारु गराउने प्रतिवद्धता जनाएको छ ।

नेपाली ब्यवसायीले १५ सय आरएमबीसम्म तिर्न सकिने बताएका छन् । त्यसमा चिनियाँ एजेन्टहरुले निर्णय दिएका छैनन् ।

Advertisement

Advertisement

Advertisement