नेपाल टेलिकमद्धारा 'प्रोमोशनल अफर'को घोषणा, यस्ता छन् नयाँ सहुलियतहरु

Advertisement

काठमाडौंः नेपाल टेलिकमले जीएसएम–सीडीएमए तथा एडीएसएल–एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर सोमबारदेखि लागू हुने र ९० दिनसम्म उपलब्ध गराइने छ । यस अफरअन्तर्गत अब एक एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट करसहित मासिक एक हजारमा उपलब्ध हुनेछ । पहिले मासिक एक हजार १७ रुपियाँमा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि एक हजार ९८० रुपियाँ शुल्क लिइएकोमा अब १५ जीबी डाटा तीनसय रुपियाँमा उपलब्ध हुनेछ । त्यसैगरी २५ जीबी डाटाको पाँचसय रुपियाँ र ४० जीबीको डाटाको मूल्य सातसय रुपियाँ तोकिएको छ । यी डाटाको गति एक एमबीपीएससम्म हुनेछ ।

त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क करबाहेक पाँचसय रुपियाँ भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि करबाहेक दुईसय रुपियाँ र अनलिमिटेड डाटाको लागि तीनसय रुपियाँ दर्ता शुल्क तोकिएको छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत तीन महिनाका लागि २४० जीबी, छ महिनाका लागि पाँचसय जीबी र १२ महिनाका लागि एक हजार दुईसय जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी सय एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि एक हजार दुईसय जीबी डाटा प्रयोग गर्न सकिने छ ।

साथै विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जीएसएम–सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement