मिन विश्वकर्माले व्यापार घाटा कम गर्न नयाँ कार्यक्रम ल्याउने

Advertisement

काठमाडौंः वाणिज्यमन्त्री मिन विश्वकर्माले आफ्नो कार्यकालमा नेपालको व्यापार घाटा न्यूनीकरण हुने दावी गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा उनले नयाँ कार्यक्रम ल्याएर घाटा कम गर्ने बताएका हुन ।

विश्वकर्माले भने, ‘अहिले मुलुकमा १२ खर्बको बजेट छ, तर झण्डै १० खर्ब व्यापार घाटा छ । निर्यात र आयात १ः१३ को अनुपातमा छ । यो दुःखद् कुरा हो ।’ उनले व्यापार घाटा कम गर्ने सजिलो उपाय भनेकै नेपालबाट निर्यात बढाउने र बाहिरबाट आयात घटाउने भएकोले यसको लागि आफू पूर्णरुपमा लागि पर्ने बताए ।

विश्वकर्माले भने, ‘स्वदेशी वस्तूहरु विदेश निर्यात गर्नको लागि म वातावरण बनाउने छ, निर्यात गर्ने वस्तुहरुको पहिचान गर्ने, आयातको आकार घटाउनेगरि नयाँ कार्यक्रम ल्याउँछुु ।’ भारत र चीन विश्वकै उदयमान अर्थतन्त्र भएका मुलुक भएकाले उनीहरुबाट नेपालले बाट लाभ लिन सक्नुपर्ने बताए ।

मन्त्री विश्वकर्माले निर्यातजन्य वस्तुहरुको उत्पादन, प्रशोधन, बजार व्यवस्थापन र निर्यातको लागि आफूले सक्दो पहल गर्ने बताए । उनी काँग्रेसका साँसद हुन ।

Advertisement

Advertisement

Advertisement