भर्खरै एसईई उत्रिण गरेका ७० वर्षे विद्यार्थीको उच्च शिक्षा पढ्ने इच्छा

Advertisement

काठमाडौंः परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग ७० वर्षीय विद्यार्थी दुर्गे कामीले आइतबार भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालायमा मन्त्री महरालाई भेटी स्याङ्जाको श्री कालाभैरव माविबाट एसइई परीक्षा पास गरेको जानकारी गराउँदै कामीले थप अध्ययनका लागि सहयोग गरिदिन आग्रह गरे ।

दुर्गे कामीले भने, “मलाई ११÷१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग चाहन्छु ।” उनले आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो सुनाए ।

महराले उच्च शिक्षाप्रतिको दुर्गे कामीको चाहनालाई सम्बोधन गर्ने आश्वासन दिँदै एसइई परीक्षा उत्तीर्ण गरेकोमा बधाई दिए । दुर्गे कामी छ जनाका पिता तथा आठ जनाका हजुर बुबा हुन । उनको आकांक्षा शिक्षक बन्ने छ ।

सोही अवसरमा दुर्गे कामीले आफ्नो छोरा नरेन्द्र सुनार विक, साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि महरासँग आग्रह गरे । उनले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा विगत तीन वर्षदेखि जेलमा रहेको बताए ।

उनले के कारण आफ्नो आफ्नो छोरा जेलमा परेको थाहा नभएको बताए । महराले नरेद्रको वास्तविक अवस्थाका विषयमा जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने बचन दिए ।

Advertisement

Advertisement

Advertisement