सेञ्चुरी बैंकको ४० प्रतिशत हकप्रद आजबाट खुल्यो

Advertisement

 

काठमाडौँ: सेञ्चुरी कमर्सियल बैंकले सोमबार देखि ले १० बराबर ४ अनुपातमा हकप्रद बिक्री खुला गरेको छ । बैंकले १०० रुपियाँ अंकित मूल्यको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद भर्ने अन्तिम म्याद भदौ १८ गते तोकिएको छ । यसमा असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेञ्चुरीको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्दैछ । लगानीकर्ताले सीटीसी मल सुन्धारा स्थित बिक्री प्रबन्धकको कार्यालय र सेञ्चुरी कमर्सियल बैंकको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखाबाट यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको हाल चुक्ता पुँजी ४ अर्ब ७१ करोड ३५ लाख रुपियाँ छ । यो हकप्रदपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड ३० लाख २९ हजार ६९८ रुपियाँ पुग्ने बैंकले जनाएको छ । सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार पनि सुरु गरिसकेको छ । सेन्चुरी पुँजी वृद्धिको लागि अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वायर गर्ने प्रकृयामा छ ।

Advertisement

Advertisement

Advertisement