लगनखेल बसपार्क अव बसस्टप मात्रै !

Advertisement

काठमाडौँ: ललितपुरको लगनखेल बसपार्क अवदेखि सम्मान्य बसस्टपमा परिणत भएको छ । जिल्लामा देखिएको ट्राफिक जामको समस्या हाल गर्न भन्दै आइतबारदेखि लगनको बसपार्क हटाइएको हो ।

ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार लगनखेल बसपार्कलाई बसस्टपमा परिणत भएपछि ट्राफिक जाम र पैदल यात्रुलाई आवतजावतको लागि सहज मसुस गर्नेछन् ।

उक्त बसपार्कमा दैनिक ४९५ जति सवारी साधन पार्किङ्ग गरि राखिने गरिएको उनले बताए । "अब त्यस बस स्टपबाट त्यहाँ आइपुग्ने सवारी साधनहरु निश्चित समयसीमामा हिड्नु पर्ने हुन्छ। जवकि यसअघि त्यस ठाउमा एउटा रूटको गाडी राखेन ठाउँमा २० वटासम्म गाडी पार्किंग गरि राखिन्थ्यो," हाछेथुले भने ।

पहिले लगनखेल बसपार्कमा सवारी जम्मा भई विभिन्न स्थानमा सवारी छुट्ने गरेकोमा अव गोदावरी, भैंसेपाटी जस्ता क्षेत्रहरुलाई बसपार्कमा परिणत गरि त्यहींबाट बस छुट्ने व्यवस्था गर्न लागिएको छ ।

Advertisement

Advertisement

Advertisement